आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सामाजिक सञ्जाल बन्द गराउनु गलत हो, सरकारको शैली व्यवहारिक छैनः कांग्रेस नेता विश्वकर्मा

सामाजिक सञ्जाल बन्द गराउनु गलत हो, सरकारको शैली व्यवहारिक छैनः कांग्रेस नेता विश्वकर्मा

  • मिडिया डबली
  • आइतवार, भाद्र २२ २०८२

  • 996
    SHARES

  • सामाजिक सञ्जाल बन्द गराउनु गलत हो, सरकारको शैली व्यवहारिक छैनः कांग्रेस नेता विश्वकर्मा

    काठमाडौं-  नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सामाजिक सञ्जाल एक्कासी बन्द गरिनु गलत रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसले सामाजिक सञ्जाल बन्द गर्न हुँदैन भनिसकेको बताए ।

    ‘हामीले प्रष्ट बोलेका के छौं भनेदेखि– सामाजिक सञ्जाल बन्द गर्न हुँदैन । तर, यसको वैधानिक कार्यान्वयन पनि जरुरी छ । वैधानिक बनाउनको लागि सरकारले कूटनीतिक तथा प्राविधिक रुपमा अन्य उपायहरु खोजी गर्नुपर्छ । एक्कासी बन्द गर्नु गलत हो भनिसकेका छौं,’– नेता विश्वकर्माले भने ।

    उनले सामाजिक सञ्जाल बन्द गर्ने कुरामा सरकारको काम गर्ने ढंग नपुगेको उनले बताए । सरकारले यो अवस्था आउनुभन्दा पहिला नै यसको व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ । नागरिकले प्रयोग गर्दै आएको सूचनाको माध्यमहरुलाई सहज ढंगले प्रयोग गर्न पाउनुपर्ने उनले बताए ।

    यद्यपि सरकारले आफ्नो कानूनी दायरामा पनि राख्नुपर्ने उनको भनाइ छ । ‘तपाईँ हामीले व्यापार गर्न पाउनुपर्छ । तर, तपाईँ हामीले गरेको व्यापार राज्यलाई थाहा हुनुपर्छ,’– उनले भने ।

    सामाजिक सञ्जाल बन्द गराएर सरकारले अहंकार देखाएजस्तो गरेको पनि उनले टिप्पणी गरे । नेता विश्वकर्माले तिमी दर्ता गर्न आउँछौं भने आउ, नत्र बन्द गरिदिन्छौं भन्ने सरकारको शैली व्यवहारिक नरहेको उनको भनाइ छ । सामाजिक सञ्जाल बन्द हुँदा तल्लो तहका नागरिकहरुमा झनै समस्या परेको उनको भनाइ छ ।

    ‘अहंकार देखाएको जस्तो । सरकारले हामी सरकार हो । तिमीहरु सबै आउँछौं भने आओ, नत्र रोकिदिन्छु भन्ने ढंगको अहिले जुन गतिविधि भयो । त्यही चाहिँ गतिविधि व्यवहारिक देखिएन, नागरिकको हितमा देखिएन । किनभने नागरिकले सामाजिक सञ्जालबाट व्यापार गरिराखेका छन्, सामाजिक सञ्जालबाट आफ्नो कार्यालय सञ्चालन गरिराखेका छन् । तपाईँ हामीलाई नै बाधा परेको छ भने तल्लो तहका सामान्य नागरिकहरुलाई त झन कति समस्या परेको होला । सम्पर्क विच्छेद भएको छ,’– उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २२ २०८२१२:४०:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend