आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विद्यालाई राजनीतिमा आउन प्रतिबन्ध लगाउने ओलीको निर्णय बिरुद्द रावलको काउन्टर अट्याक !

विद्यालाई राजनीतिमा आउन प्रतिबन्ध लगाउने ओलीको निर्णय बिरुद्द रावलको काउन्टर अट्याक !

  • मिडिया डबली
  • आइतवार, भाद्र २२ २०८२

  • 1.1K
    SHARES

  • विद्यालाई राजनीतिमा आउन प्रतिबन्ध लगाउने ओलीको निर्णय बिरुद्द  रावलको काउन्टर अट्याक !

    काठमाडौं,- पूर्व उपप्रधान एवं गृहमन्त्री डा.भीम रावलले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निरङ्कुशता र तानाशाही लादिरहेको बताएका छन् ।

    प्राइम टाइम्स टेलिभिनजको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले एमालेको दोस्रो विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत राख्न नदिइनु कलङ्क रहेको बताए । उनले यस्तो प्रतिबन्ध लगाउने कार्य एमालेमा विगतमा कहिल्यै पनि नभएको बताए ।

    ‘अहिले जसरी केपी ओलीजीले निरङ्कुश भएर तानाशाही लाद्न खोजिरहनुभएको छ । यदि त्यस्तो विगतमा गरेको भए एमाले एमालेको रुपमा अगाडि बढ्ने थिएन । विधान महाधिवेशनमा कर्ण थापाजीले फरक मत, उहाँ आधा घण्टाभन्दा बढी उभिनुभयो । उहाँले फरक मत पार्टी कार्यालयमा लिखित रुपमा दर्ज गर्नुभएको भनेर हामीले समाचारमा पढेको हो । जुन उहाँलाई पेश गर्न दिइएन । नेकपा (एमाले) को इतिहासमा यो कलङ्क हो,’– उनले भने ।

    अहिलेसम्म एमालेको कुनै पनि महाधिवेशनमा व्यक्तिले दर्ज गरेको फरक मतलाई प्रस्तुत गर्न नदिनेजस्तो निरङ्कुश, स्वेच्छाचारी, दमनकारी काम ओलीबाहेक कसैले पनि नगरेको उनको भनाइ छ । विधान महाधिवेशनमा कर्ण थापालाई फरक मत राख्न नदिँदा आफूलाई एमाले सिद्धान्तबाट च्यूत भएछ भनेर आफूलाई दुःख लागेको उनले सुनाए ।

    उल्टै ओलीले ‘कर्ण थापाले मलाई चित्त बुझाउने हो । मैले ३ घण्टा सुनिसकेँ, अब उहाँले प्रस्तुत गर्न पर्दैन’ भनेको नेता रावलले बताए । एमालेमा लोकतन्त्र र जनताको बहुदलीय जनवादको अभ्यास नदेखिएको उनको दाबी छ । नेता रावलले एमाले पतनको मार्गतिरको अगाडि बढिरहेको टिप्पणी गरे । एमाले अध्यक्ष ओलीले विद्या भण्डारी र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलमाथि एकदमै होच्याउने शब्द प्रयोग गरेको पनि उनले बताए । भण्डारीको सहयोगमा नै ओलीले शक्ति आर्जन गरेर आजको ओली बनेको उनले बताए । अहिले ओलीले भण्डारीलाई ‘असक्षम, अनुभवहीन, लालगेडी’ जस्ता होच्याउने शब्द प्रयोग गरेको उनले बताए ।

    ‘विद्या भण्डारीजी भनेको हिजो जसको आडमा, जसको सहयोगमा केपी ओलीजीले शक्ति निर्माण गरेर अगाडि बढ्नुभएको कुरा घामजत्तिकै छर्लङ्ग छ । त्यस्तो सहयोद्धा, जसको सहयोग लिनुभएको थियो, उहाँलाई के भन्नुभयो केपी ओलीले ? असक्षम, अनुभवहीन, लालगेडी भनेर, अनेक प्रकारका, एउटा नेताको मुखबाट ननिस्किनुपर्ने, एकदम होच्याउने शब्द उहाँले प्रयोग गर्नुभयो,’– उनले भने ।

    उनले विद्या भण्डारीलाई प्रतिबन्ध लगाउने एमालेको निर्णय धेरै दिन नटिक्ने बताए । ‘विद्या भण्डारीको अवस्था हेर्नुस्, पार्टीमा नो इन्ट्री, प्रतिबन्ध । उहाँको बारेमा कसैले एक शब्द पनि बोल्न नपाउने रे ?’ भन्ने जिज्ञासामा उनले भने, ‘त्यो कतिसम्म टिक्छ ? हामी पनि हेर्छौं नि ।’

    ओलीले कुनै बेला विद्या भण्डारी राजनीतिमा आउन नपाउने भन्ने बेकारको कुरा रहेको बताएको उनले सुनाए । अहिले भण्डारीलाई प्रतिबन्ध लगाएर ओलीले एमालेलाई अधोपथमा लगेको नेता रावलको भनाइ छ ।

     ‘नेकपा (एमाले) अब चाहे आउने निर्वाचनमा भन्नुस्, चाहे आउने राजनीतिक प्रतिस्पर्धामा भन्नुस्, अब तीब्र रुपमा ओरोलो लाग्ने, अधोपथ हो,’– उनले भने ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २२ २०८२१२:३६:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend