आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

  • मिडिया डबली
  • आइतवार, भाद्र २२ २०८२

  • 597
    SHARES

  • मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु

    मेलबर्न - अस्ट्रेलियाको मेलबर्नमा सडक दुर्घटनामा परी दुई नेपाली नर्सको मृत्यु भएको छ । मेलबर्नको उत्तरी क्षेत्रस्थित क्रेगीबर्ननजिकै ह्युम हाइवेमा उनीहरू दुर्घटनामा परेका हुन् ।

    साथीसँग जन्मदिन मनाएर घर फर्कंदै गर्दा उनीहरू चढेको कार दुर्घटना भएको हो । घाइते कंगारुलाई बचाउन खोज्दा उनीहरू दुर्घटनामा परेका स्थानीय प्रहरीले जनाएको छ ।

    अलफ्रेड अस्पतालमा कार्यरत दुई नेपाली नर्स सरला र अरुजाले दुर्घटनामा परी ज्यान गुमाएका हुन् । हाइवेमा गाडी रोकेर उनीहरूले कंगारुलाई बचाउने प्रयास गरेका थिए । सोहीक्रममा पछाडिबाट तीव्र गतिमा आएको अर्को गाडीले उनीहरूलाई ठक्कर दिएको थियो ।

    घटनास्थलमै एक नर्सको मृत्यु भएको थियो । अस्पतालमा अर्की एक नर्सको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले छानबिन अगाडि बढाएको छ ।

    रातिको समय हाइवेमा तीव्र गतिमा हुँइकिएको सवारीसाधनले रोकिएको अर्को गाडीलाई नियाल्न नसक्दा दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २२ २०८२११:३८:३५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend