आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

  • मिडिया डबली
  • आइतवार, भाद्र २२ २०८२

  • 654
    SHARES

  • भारतका प्रधान न्यायाधीश गवई भेटघाटमा व्यस्त, न्यायिक सहकार्यमा जोड

    काठमाडाैं – भारतका प्रधान न्यायाधीश भूषण रामकृष्ण गवई नेपाल भ्रमणमा व्यस्त छन् । प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा उनी बिहीबार काठमाडाैं आएर न्यायिक भेटघाट गरिरहेका छन् ।

    उनी आइतबारसम्म नेपालमा रहनेछन् । भ्रमणका क्रममा उनले ‘भारत–नेपाल न्यायिक संवाद’ कार्यक्रममा नेपाली न्यायिक तथा कानुनी समुदायलाई सम्बोधन गर्दै विधिशास्त्र, न्यायिक सुधार र न्यायपालिकाको विकासशील भूमिकामाथि प्रकाश पारे। यसअघि गत अप्रिलमा भारत र नेपालको सर्वोच्च अदालतबीच न्यायिक सहकार्य सुदृढ पार्ने उद्देश्यले समझदारी पत्रमा हस्ताक्षर भएको थियो।

    उक्त एमओयुअन्तर्गत गठन भएको संयुक्त कार्यदलको पहिलो बैठकसमेत यसै भ्रमणका अवसरमा बस्ने भएको छ। यस भ्रमणलाई भारत–नेपालबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्धलाई न्यायिक क्षेत्रमा पनि सुदृढ बनाउन महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    2.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र २२ २०८२११:०२:२०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend