आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

८ सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारको सम्पर्कमा, अब को को आउन बाकि ?

८ सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारको सम्पर्कमा, अब को को आउन बाकि ?

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २० २०८२

  • 1.5K
    SHARES

  • ८ सामाजिक सञ्जाल सञ्चालक कम्पनी सरकारको सम्पर्कमा, अब को को आउन बाकि ?

    काठमाडौँ - सरकारले बन्द गरेका २६ वटामध्ये आठ वटा सामाजिक सञ्जाल सरकारको सम्पर्कमा आएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेकामध्ये सो बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन् ।

    नेपालका लागि केन्द्रित गरेर सञ्चालन गरेको हाम्रो पात्रोले बिहीबार नै दर्ता प्रक्रिया थालेर निष्क्रिय हुनबाट जोगिएको छ । त्यसलगत्तै मेटाले समेत अनौपचारिक रूपमा सम्पर्कमा आएर सूचीकरणका लागि आवश्यक कागजातबारे बुझेको सञ्चार मन्त्रालयले जनाएको छ ।

    मेटा फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप र थ्रेड्सको सञ्चालक कम्पनी हो । त्यस्तै, शुक्रबार ट्वीटर (एक्स) ले पनि सरकारसँग आधिकारिक रूपमै सम्पर्कमा आएको मन्त्रालयमा प्रवक्ता गजेन्द्र ठाकुरले जानकारी दिएका छन्।

    शुक्रबार नै चिनियाँ सामाजिक सञ्जाल कम्पनी वी च्याटले समेत सरकारसँग सम्पर्कमा आएर सूचीकरणको प्रक्रियाबारे जानकारी मागेको मन्त्रालयले जनाएको छ ।

    सरकारले बन्द गर्न निर्देशन दिएकामध्ये अब युट्युब, लिंक्ड इन, स्न्याप च्याट, –रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, कोरा, सम्ब्लर, क्लब हाउस, मास्टो डन, रम्बल, मि वी, मि भिके, लाइन, इमो, जालो र सोल सम्पर्कमा नआएको बताइएको छ।

    त्यसमध्ये युट्युब, लिंक्ड इन अत्यधिक रूपमा प्रयोगमा रहेका सामाजिक सञ्जाल हुन् । स्न्याप च्याट, क्लबहाउस र ईमो सामान्य प्रयोगमा रहे पनि बाँकी भने धेरै प्रयोगमा नरहेको बताइएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २० २०८२०३:०८:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend