आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

विधान महाधिवेशनमा यी नेताको बोल्ड निर्णय, विद्या भण्डारीलाई राहत !

विधान महाधिवेशनमा यी नेताको बोल्ड निर्णय, विद्या भण्डारीलाई राहत !

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २० २०८२

  • 1.5K
    SHARES

  • विधान महाधिवेशनमा यी नेताको बोल्ड निर्णय,  विद्या भण्डारीलाई राहत !

    काठमाडौँ- नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले पनि सचिवालय बैठकमा फरक मत दर्ता गराएका छन्। बिहीबार दिउँसो बसेको सचिवालय बैठकमा दर्ता गराएको उनको फरक मतबारे आज सुरु हुने एमाले विधान महाधिवेशनमा छलफल हुनेछ।

    ३२ पृष्ठको आफ्नो फरक मतमा उनले पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यताका विषयमा पनि लामै कुरा लेखेका छन्।

    त्यसमा स्थायी कमिटी सदस्य थापाले पूर्वउपाध्यक्ष भण्डारीको सदस्यता एक वर्षअघि नै नवीकरण भइसकेको उल्लेख गर्दै पार्टीले नै अवलम्बन गरेको लोकतान्त्रिक व्यवस्था र अभ्यासविपरीत मात्र नभएर लोकतन्त्रका विश्वव्यापी मान्यता र नेपालको संविधानकै प्रतिकूल रहेको जिकिर गरेका छन्।

    २०६२ साल असार १४ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको सदस्यता एक वर्षअघि नै नवीरकण भएको र उनी फेरि पार्टीको सदस्य भइसकेको भनेर सार्वजनिक कार्यक्रममै घोषणा गरेको दाबी पनि थापाले आफ्नो फरक मतमा गरेका छन्। थापाले भण्डारीलाई एमालेमा रोक्नु प्रत्युत्पादक हुनसक्ने चेतावनी दिँदै उनलाई ससम्मान पार्टीको जिम्मेवारी दिन माग पनि गरेका छन्।

    उनले भनेका छन्, ‘पूर्वराष्ट्रपति र पूर्वउपाध्यक्ष भई सफलतापूर्वक काम गरेर व्यापक जनविश्वास आर्जन गरिरहनुभएको कमरेड विद्यादेवी भण्डारीलाई एमालेको राजनीतिमा आउन प्रतिबन्ध लगाउनु उचित हुँदैन। प्रत्युत्पादक हुनसक्छ।

    यी सबै परिस्थितिको मूल्यांकन गरेर विधानबमोजिम नवीकरण भइसकेको सदस्यता स्वीकार गरी उहाँलाई ससम्मान पार्टीको जिम्मेवारी दिनुपर्दछ भन्ने मेरो मत यस सम्मानित दोस्रो विधान महाधिवेशनसमक्ष स्वीकृतिका लागि प्रस्तुत गर्दछ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २० २०८२११:०६:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend