काठमाडौं - सांसद अमरेश कुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा असंलग्न परराष्ट्र नीतिको उल्लंघन भएको भन्दै विरोध गरेका छन्।
प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले नेपाल र चीनको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति फरक-फरक आएको विषयमा प्रश्न गरेका हुन् । उनले प्रश्न गरे, "के नेपाल चीनको सुरक्षा रणनीति जीएसआईको अंश बनेको हो ?" नेपालले जारी गरेको विज्ञप्तिमा लिपुलेक उल्लेख भएको र जीएसआईको कुरा नभएको र चीनले जारी गरेको विज्ञप्तिमा लिपुलेक उल्लेख नभएको तर जीएसआईको विषय उल्ले भएको भन्दै आपत्ति जनाएका हुन् ।
यस विषयमा प्रधानमन्त्री ओलीले जवाफ दिनुपर्ने उनको माग छ । प्रधानमन्त्री ओली आफ्नो पाँच दिने भ्रमण सकेर बुधबार स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्री ओली चीनको तियानजिनमा भएको एससीओ बैठक र जापान विरुद्धको आक्रमणको अवसरमा आयोजित सैन्य परेडमा सहभागी भएका थिए । चीनमा ओलीले चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।