आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सूचीकृत हुन नआउने सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

सूचीकृत हुन नआउने सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

  • मिडिया डबली
  • बिहिवार, भाद्र १९ २०८२

  • 1.0K
    SHARES

  • सूचीकृत हुन नआउने सबै सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

    काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचीकरणका लागि सम्पर्कमा समेत नआएका सबै सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    बिहीबार सञ्चार मन्त्रालयमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा बसेको बैठकले तोकिएको म्यादभित्र सूचीकरणका लागि सम्पर्कमासमेत नआउने सबै सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको स्रोतले जानकारी दियो । सरकारले पछिल्लोपटक दिएको सात दिनको म्याद बुधबार राति १२ बजेसम्म पाँच ओटा सामाजिक सञ्जाल मात्रै सूचीकरण भएका छन् ।

    त्यसबाहेकका अरु सबै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय मन्त्रालयले गरेको छ । सञ्चार मन्त्रालयको प्रस्तावमा भदौ ९ गतेको मन्त्रिपरिषद् बैठकले सात दिनको समय दिएर सामाजिक सञ्जालहरूलाई सञ्चार मन्त्रालयमा सूचीकरणका लागि सार्वजनिक रूपमा आह्वान गरेको थियो । त्यसपछि सञ्चार मन्त्रालयले भदौ १२ गते सूचना निकालेर सूचीकरण नभएका सामाजिक सञ्जालहरूलाई सात दिनको म्याद दिएको थियो ।

    तोकिएको अवधिमा सूचीकरण हुन नआउने वा त्यसका लागि सम्पर्कमा समेत नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गराउन मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिने निर्णय सरकारले गरेको थियो ।

    सञ्चार मन्त्रालयका अनुसार अहिलेसम्म टिकटक, भाइबर, निम्बज, विटक र पोपो लाइभ मात्रै सूचीकृत भएका छन् । टेलिग्राममाथि प्रतिबन्ध लगाएपछि उसले सूचीकरणका लागि सञ्चार मन्त्रालयमा निवेदन दर्ता गरेको छ । त्यस विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १९ २०८२०२:०८:५४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend