आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माओवादीबाट निर्वाचित पाँचथर तुम्बेवा गाउँपालिका उपाध्यक्षविरुद्ध बहुमुल्य रुद्राक्षमा विष छर्केको उजुरी

माओवादीबाट निर्वाचित पाँचथर तुम्बेवा गाउँपालिका उपाध्यक्षविरुद्ध बहुमुल्य रुद्राक्षमा विष छर्केको उजुरी

  • मिडिया डबली
  • बुधवार, भाद्र १८ २०८२

  • 3.0K
    SHARES

  • माओवादीबाट निर्वाचित पाँचथर तुम्बेवा गाउँपालिका उपाध्यक्षविरुद्ध बहुमुल्य रुद्राक्षमा विष छर्केको उजुरी

    काठमाडौं - पाँचथरको तुम्बेवा गाउँपालिका उपाध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेविरुद्ध गाउँपालिका कार्यालयमा उजुरी परेको छ । स्थानीय भीमबहादुर बुढाथोकीले आफ्नो बारीमा लगाएको बहुमुल्य रुद्राक्षको बिरुवा मास्ने उद्देश्यले उपाध्यक्ष सम्बाहाम्फेले विषाधी छर्केको आरोपमा उपाध्यक्ष विरुद्ध पालिकामा उजुरी परेको हो ।

    उक्त उजुरी पत्र गाउँपालिकाको न्यायिक समितिसमक्ष दर्ता भइसकेको पत्र हामीलाई प्राप्त भएको छ । घटना असार ५ गते राति करिब अन्दाजी ११ बजेर ३० मिनेटको समयमा भएको हो । स्थानीय प्रत्यक्षदर्शी रत्नबहादुर खत्रीका अनुसार उपाध्यक्ष सम्बाहाम्फे सरकारी मोटरसाइकल (नम्बर प्लेट ११७८) मा उक्त स्थान आइपुगेका थिए । त्यसपछि बुढाथोकीको बगैचाभित्र प्रवेश गरेर रुद्राक्षका पाँचवटा बिरुवाहरुमा विषाधी छर्किरहेको अवस्थामा टस बालेर हेर्दा आफुले देखेपछि उपाध्यक्ष त्यहाँबाट भागेको उनले बताए ।

    “म नेट चलाएर बसिरहेको थिएँ, अचानक घ्यार्रघ्यार्र आवाज आयो । नियालेर हेर्दा गाउँपालिकाका उपाध्यक्ष नै विषाधी छर्किरहेको देखेँ,” खत्रीले भने । “मलाई देखेपछि उहाँ डराएजस्तो हुनुभयो, हत्तनपत्त बगैचाबाट बाटोमा निस्कनुभयो र मलाई चिनेपछि जबरजस्ती मेरो घरतिर संगै जाम भन्नुभयो र तान्नुभयो । तर, म जान्न भन्दै तर्किए । त्यसपछि उहाँ हतारहतार त्यहाँबाट जानुभयो ।” यस विषयमा हामीले बुझ्दा गाउँपालिका अध्यक्ष बाबुराम खड्काले पनि उजुरी परेको स्वीकार गरेका छन् । उनले भने, “जानकारी सम्बन्धमा भनेर उजुरी परेको साँचो हो । मेरो काम भनेको उजुरी न्यायिक समितिमा पठाउने मात्र हो । मैले तोक लगाएर समितिमा पठाइसकेको छु ।”

    1.jpegतर, समस्या के भने उजुरी पर्नुपर्ने न्यायिक समितिको संयोजक स्वयम् उपाध्यक्ष सम्बाहाम्फे नै भएकाले निष्पक्ष छानबिनमा प्रश्न उठेको पीडित पक्षको आरोप छ । अहिलेसम्म समितिबाट कुनै कारबाही अघि बढ्न नसकेको पीडितको गुनासो छ । उक्त विषयमा गाउँपालिका अध्यक्ष खड्काले पनि व्यवास्ता गरेको पीडित पक्षको भनाई छ ।

    पीडित बुढाथोकीले भने, “हामीले प्रत्यक्ष देखेका हौं । उहाँ त्यसदिन जुन उद्देश्यका साथ आउनुभयो र भाग्नुभयो, त्यो स्पष्ट छ । रातीको समयमा भएपनि हामीले उहाँलाई प्रत्यक्ष देखेपछि सबै रुखमा विषाधी छर्किसक्न भ्याउनुभएन । मेरो बगैचाको विरुवामा अहिले तत्काल समस्या नदेखिए पनि पछि बिरुवा वा फलमा कुनै असर देखा परेमा थप कानुनी प्रक्रियामा जाने तयारीमा छु ।”

    2.jpeg3.jpegयता, उपाध्यक्ष सम्बाहाम्फेले भने आफूमाथि लगाइएको आरोपलाई “कपोकल्पित र निराधार” भनेका छन् । हामीसँगको संवादमा सुरुमा केही थाहा नभएको बताएपनि पछि उक्तस्थानमा आफू काम विशेषले पुगेको स्वीकार गरे । उनले भने, “म विरुद्ध एउटा निवेदन अध्यक्ष ज्यूकोमा परेको रहेछ । त्यसमा अध्यक्ष ज्यूले नियमानुसार कारवाही गर्नु भनेर तोक लगाएको रहेछ ।

    त्यसपछि मैले उहाँसँग बुझ्दा मैले नजानेर गरेछु जस्तो कुरा गर्नुभयो । उक्त निवेदन अहिले मेरोमा छ । निवेदनमा जानकारी सम्वन्धमा भन्ने छ । छानविन गरी पाउँ, कारवाही गरी पाउँ उजुरी भन्नेपनि छैन । जानकारी सम्वन्धमा भनेर मात्र निवेदनमा उल्लेख भएकोहुँदा त्यसमा त के छानविन होलान् र सर ? त्यसैले कारबाहीको कुरा नै उठ्दैन उनले भने ।

    जनप्रतिनिधि भएकाले जहाँ जति खेरपनि काम विशेषले हिड्नुपर्नेहुँदा त्यसदिन पनि आफु काम विशेषले त्यहाँ पुगेको उनको भनाई छ । आफूलाई बदनाम गर्ने उद्देश्यले यस्ता आरोप लगाइएको उनले दाबी गरेका छन् । उनका अनुसार, विगतमा उजुरीकर्ता बुढाथोकीसँगै रुद्राक्ष खरिद गर्दै आएको भए पनि यसपटक खरिद नगरेकाले रिसको भरमा आरोप लगाइएको हुनसक्ने बताए ।

    तर, यता पीडित पक्षले भने, उपाध्यक्षले आफूलाई रुद्राक्ष नदिएको रिसमै विषाधी छर्केको हुनसक्ने आशंका व्यक्त गरेका छन् । ‘मेरो बगैचा मुलबाटोभन्दा अलि तल कोठेबारीमा पर्छ । बगैचा वरिपरि उहाँको न कुनै खेतबारी, कुनै मुल बाटो नै पर्छ ।’ उनले भने । इलाका प्रहरी कार्यायल रवि, इलाका प्रहरी कार्यालय मौवा र जिल्ला प्रहरी कार्यालय पाँचथरलाई समेत बोदार्थ गरि पालिकामा परेको उजुरी पत्र अहिले आरोपित पीडक गाउँपालिका उपाध्यक्ष सम्बाहाम्फे संयोजक रहेको न्यायिक समितिमा छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १८ २०८२०५:०७:१९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend