आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काबेलीले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो

काबेलीले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो

  • मिडिया डबली
  • सोमवार, भाद्र १६ २०८२

  • 1.1K
    SHARES

  • काबेलीले सिनाम पावर हाउसका एक्साभेटर र टिपर बगायो
    फाइल तस्बिर

    ताप्लेजुङ - अविरल वर्षासँगै पानीको बहाव बढेपछि काबेली खोलाले सिनाम पावर हाउसमा रहेका दुई एस्काभेटर र दुई टिपर बगाएको छ ।

    काबेली खोलाले नम्बर नखुलेका दुई एस्काभेटर र दुई टिपर बगाएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

    सिरीजंघा गाउँपालिका–१ स्थित उक्त पावर हाउसबाट बगाएका दुई एस्काभेटर करिब २० मिटर तल डुबेको अवस्थामा छन् । दुई टिपर भेटिएको छैन । टिपरको खोजतलास भइरहेको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति नभएको जनाइएको छ ।

    वर्षासँगै माथिबाट पहिरो खसेपछि सिरीजंघा–५, पेदाङस्थित हाङमाया थुङ्गिम (लिम्बू)को परिवार पूर्ण रूपमा विस्थापित भएको छ । अरू पाँच घर पनि जोखिममा परेको स्थानीय राजनीतिकर्मी खेलप्रसाद बुढाक्षेत्री (पराग)ले जानकारी दिए ।

    सिरीजंघा–७ स्थित महेन्द्र आधारभूत विद्यालयको खेलमैदानमा समेत क्षति पुगेको छ । नयाँ बनाउँदै गरेको भवनछेउबाट पहिरो खसेको वडा सदस्य जगत साम्यूले जानकारी दिए ।

    आइतबार (भदौ १५) राति जिल्लाका विभिन्न ठाउँमा भारी वर्षा भएको थियो । वर्षासँगै सानाठूला पहिरोले बर्खे बालीनालीमा समेत क्षति पुगेको स्थानीयले बताएका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १६ २०८२०२:२०:४६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend