काठमाडौं – चीन भ्रमणमा रहेका रुसका राष्ट्रपति भ्लादिमिर पुटिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ ।
भेट लगत्तै भारतका प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गरेका छन् । तस्बिर सार्वजनिक गर्दै मोदीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘थियानचिनमा अन्तरक्रिया जारी छ ।
एससीओ शिखर सम्मेलनको क्रममा राष्ट्रपति पुटिन र राष्ट्रपति सीसँग दृष्टिकोण आदानप्रदान भयो ।’ शाङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लसको शिखर सम्मेलनमा सहभागी हुन् विभिन्न देशका सरकार र राष्ट्रप्रमुख अहिले चीनको थियानचिनमा पुगेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।