आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध, १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा

देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध, १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा

  • मिडिया डबली
  • बिहिवार, भाद्र १२ २०८२

  • 978
    SHARES

  • देशभरका विभिन्न नौ सडकखण्ड पूर्ण अवरुद्ध, १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा

    काठमाडौँ । अविरल वर्षाले देशभरका विभिन्न नौ सडकमा आवतजावत पूर्ण अवरुद्ध भएका छन् । सडक विभागद्वारा आज यहाँ सूचनाका अनुसार बाढी, पहिरोका कारण आज विभिन्न नौ सडक अवरुद्ध भएका छन् भने १५१ सडकखण्डमा एकतर्फी यातायात सञ्चालनमा आएको सूचनामा उल्लेख छ ।

    सूचना अनुसार मुलुकभरका ३७१ सडकखण्डमध्ये २११ सडकखण्ड पूर्ण खुलेका छन् । सडक विभागका सूचना अधिकृत अमितकुमार शर्माले बाढी, पहिरो, डुबानले सडकमा क्षति पुग्नु, सवारी साधन आवतजावतमा समस्या हुनु, पुल बगाउनु, पुल तथा सडक निर्माण, अन्य मर्मतकार्यलगायतका कारण सडक अवरुद्ध भएको जानकारी दिए । उनले भने, “कतिपय स्थानमा अझै पनि बाढी, पहिरोका कारणमर्मत गरेर सडक सुचारु हुन सकेको छैन ।

    कतिपय स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।” विभागका अनुसार यही असार २४ गते हिमताल फुटेर चीनबाट आएको बाढीका कारण गल्छी,त्रिशुली–मैलुङ–स्यापुबेशी–रसुवागढी सडकखण्ड अझैसम्म पूर्णरूपक अवरुद्ध भएको छ । यसैगरी हुम्लाको पैमा नदीमा पानीको बहाव बढिरहेको कारण कर्णाली करिडोर दक्षिण खण्ड पनि पूर्णरूपक अवरुद्ध छ ।

    पानीको बहाव बढिरहेको र पुल निर्माण भइरहेको कारण उत्तर–दक्षिण कोशी राजमार्ग पनि पूर्णरूपक अवरुद्ध भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यही साउन ६ गते बेलिब्रिज बाढीले बगाएका कारण तमोर करिडोरको चतुरा–मुलघाट–माझीटार–अमरापुर डाँडा–गणेशचोक सडकखण्ड अवरुद्ध भएको विभागले जनाएको छ । तातोपानी–टिमुरेस्थित ठोरी–रसुवागढी सडक पनि पूर्णरूपक अवरुद्ध भएको र हाल पहिरो पन्छाउने काम भइरहेको विभागको भनाइ छ । विभागका अनुसार पश्चिम रुकुमको भेरी करिडोर अन्तर्गत छिन्चु–मरिम सडकखण्ड पनि पूर्णरूपक अवरुद्ध भएको र लेदो पहिरो पन्छाउने काम भइरहेको छ ।

    “रोल्पाको सहिद राजमार्ग पनि पूर्ण रूपक अवरुद्ध छ । निरन्तरको वर्षापछि पहिरो खसिरहेकाले वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाउने काम हुनेछ,” विभागको तथ्याङ्कमा उल्लेख छ, “दैलेखको सुर्खेत–तल्लो डुगेश्वर–जुम्ला सडकखण्ड समेत लगातार सुख्खा पहिरो खसिरहेकाले राति बाटो बन्द हुने र दिउँसो संचालन हुने काम भइरहेको छ । यसैगरी अरनिको राजमार्गको सिन्धुपालचोकस्थित सडकखण्ड पूर्ण रूपक अवरुद्ध भएको छ ।”

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र १२ २०८२०१:२०:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend