काठमाडौँ- भारतले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको छ । भारतीय रक्षा अनुसन्धान एवम् विकास सङ्गठन (डीआरडीओ) ले शनिबार ओडिसाको तटमा एकीकृत वायु रक्षा प्रणालीको पहिलो सफल परीक्षण गरेको हो ।
अधिकारीहरूका अनुसारस यो हतियार प्रणालीमा सतहबाट वायुमण्डलमा प्रहार गर्न सक्ने मिसाइल, छोटो दूरीको मिसाइल र शक्तिशाली लेजर हतियार जडान गरिएको छ ।
यो प्रतिरक्षा प्रणालीले दुश्मनको युद्धक विमान, ड्रोन र क्रूज मिसाइललाई भेदन गर्न सक्ने डीआरडीओले जानकारी दिएको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले हवाई प्रतिरक्षा प्रणालीको सफल परीक्षण गरेको डीआरडीओलाई बधाई दिएका छन् ।
सिंहले विद्यु्तीय सञ्जाल एक्समा लेखेका छन्, ‘यसले दुश्मनबाट सम्भावित हवाई खतरासँग जुध्न सहयोग मिल्नेछ, देशको रक्षा पङ्क्तिलाई थप बलियो बनाउनेछ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।