आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पाकिस्तानमा असुरक्षा चुलियो : जियारतमा ए सी अपहरण, के के एच व्यापारी आन्दोलन र मस्तुङ रेल बम विस्फोट

पाकिस्तानमा असुरक्षा चुलियो : जियारतमा ए सी अपहरण, के के एच व्यापारी आन्दोलन र मस्तुङ रेल बम विस्फोट

  • मिडिया डबली
  • शुक्रवार, भाद्र ६ २०८२

  • 366
    SHARES

  • पाकिस्तानमा असुरक्षा चुलियो : जियारतमा ए सी अपहरण, के के एच  व्यापारी आन्दोलन र मस्तुङ रेल बम विस्फोट

    पाकिस्तानमा पछिल्ला दिनमा भएका घटनाले देखाएको छ—राज्य संयन्त्र नागरिक जीवन सुरक्षित राख्न असफल हुँदै गएको छ। बलुचिस्तान र गिलगित–बाल्टिस्तानमा बढ्दो विद्रोह, जबरजस्ती बेपत्ता पारिएका कार्यकर्ता र आतङ्कवादी गतिविधिले मुलुकलाई अझ अस्थिर बनाएको छ।

    बलुचिस्तानको जियारत जिल्लामा सहायक आयुक्तलाई सशस्त्र समूहले अपहरण गरेको घटना यस वर्षकै दोस्रो पटक सरकारी अधिकारी लक्षित भएको प्रमाण हो। प्रशासनिक संयन्त्रमै आक्रमण हुनु पाकिस्तानको सुरक्षात्मक क्षमताप्रति गम्भीर प्रश्न हो।

    यसैबीच, बलुचिस्तान योथ कमिटी (BYC) का कार्यकर्ताहरूलाई जबरजस्ती बेपत्ता बनाइएको भन्दै परिवारजनले खुलेआम विरोध गरेका छन्। यस्तो दमनले पाकिस्तान सरकारप्रति असन्तोष मात्र होइन, संघीय शासनप्रति गहिरो अविश्वास पनि जन्माइरहेको छ। अर्कोतर्फ, गिलगित–बाल्टिस्तानलाई मुख्यभूमिसँग जोड्ने काराकोरम हाईवे (KKH) मा व्यापारीहरूको आन्दोलन चौथो सातासम्म निरन्तर जारी छ।

    उनीहरूले अन्यायपूर्ण कर प्रणाली, सरकारी उपेक्षा र शोषणविरुद्ध सडक अवरुद्ध गरेका छन्। यसले केवल व्यापारी समुदायको असन्तोष होइन, राष्ट्रिय अर्थतन्त्रकै नाजुक स्थितिको प्रतिबिम्ब पनि हो। यस्तै, बलुचिस्तानकै मस्तुङमा भएको रेल बम विस्फोटले जफर एक्सप्रेसका ६ वटा डब्बा पटकारी बनाएको छ। एक हप्ताभित्रै दोस्रो पटक सो रेल लक्षित आक्रमण हुनु सर्वसाधारण यात्रु र यातायात दुबै असुरक्षित भएको स्पष्ट प्रमाण हो।

    नियमित रूपमा दोहोरिने यस्ता घटनाले आतङ्कविरुद्धको लडाइँमा पाकिस्तानको असफलता झनै प्रष्ट भएको छ। यी सबै घटनाले देखाउँछन्—पाकिस्तान आज केवल असुरक्षासँग मात्र होइन, आफ्नै वैधता र जनविश्वाससँग पनि जुझिरहेको छ। जियारतमा भएको अपहरणदेखि KKH व्यापारी आन्दोलन र मस्तुङ विस्फोटसम्मका घटनाले मुलुकलाई आन्तरिक अस्थिरताको दलदलमा अझ गहिरो डुबाइरहेका छन्। - एजेन्सी 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र ६ २०८२०३:०२:४९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend