काठमाडौं - नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले मान्छेको पहिचान असल हो कि खराब हो भन्नेबाट हुने बताएका छन् । नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ द्धारा आयोजित पूर्व जिल्ला सभापति बासुदेव शरण कोइरालाको शोकसभालाई सम्बोधन गर्दै डा कोइरालाले मान्छेको पहिचान उसको व्यवहारले निर्माण हुने बताए ।
डा कोइरालाले वीपी कोइरालाले आफ्नो लागि भन्दा जनताका लागि केहि गरौ भन्ने भावना भएकाले अहिलेसम्म पनि उहाँको स्मरण गरिरहेको बताए ।
कोइरालाले मान्छेको जीवन आफ्नो लागि नभइ अरुको लागि सर्मपण गर्नुपर्ने बताए । मान्छेले समाजका लागि जति राम्रो काम गर्न सक्यो त्यती नै प्रसिद्धी कमाउने डा कोइरालाको भनाई थियो ।
डा शशांकले बासुदेव शरण कोइरालाले पनि आफ्नो लागि नभई राजनीति, समाजसेवा गरेर जीवन अरुका लागि सर्मपर्ण गरेको बताए । नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर १ का सभापति हरिबहादुर लुंगेलीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गुरु बराल, उर्मिला थपलिया, नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री दिपक भट्टराई महाममिति सदस्य किरणकिशोर घिमिरे, मधेश प्रदेशका मन्त्रीहरूको उपस्थिती रहेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।