काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भारत भ्रमणका क्रममा लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय उठाउन सुझाव दिएका छन् ।
लिपुकेकको भूमिका बारेमा भारत र चीनले देखाएक व्यवहारप्रति विरोध जनाउँदै महामन्त्री शर्माले यस्तो सुझाव दिएका हुन् । शर्माले सामाजिक संजालमा लेख्दै यो विषयमा सरकारले चाल्नुपर्ने ६ पहलका बारेमा पनि उल्लेख गरेका छन् । उनले यिनै ६ कदममार्फत एक्यवद्ध पहल गर्न पनि सु्झाव दिएका छन् ।
यस्ता छन् विश्वप्रकाशले सरकारलाई दिएका छ सुझाए:

उनले अन्त्यमा भनेका छन्, 'लिपुलेक नेपालको हो । अनेकौँ फरक मतका बीच पिन सिंगो नेपाल एउटै दृष्टि र एउटै प्रतिबद्धतामा उभिन जरुरी छ ।' भारतले गत मंगलबार नै चीनसँग एक कदम अगाडि बढेर व्यापार सम्झौता गरेका थिए ।
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालकै हो भनेपछि भारतले कुनै ऐतिहासिक आधार नभएको भन्दै यी सबै भारतका भएको उल्लेख गरेको छ ।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बुधबार विज्ञप्ति जारी गर्दै भनेका छन्, '‘भू–भागसम्बन्धी दाबीहरू कुनै पनि ऐतिहासिक तथ्य र प्रमाणमा आधारित छैनन् । एकतर्फी दाबी वा कृत्रिम रुपमा भू–भाग विस्तारको प्रयास अस्वीकार्य छ ।’ लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालले नक्सा सार्वजनिक गरिसकेको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।