काठमाडौँ- संसदीय समितिबाट भूमि विधेयक पारित भएको छ । प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले बिहीबार प्रस्तावित भूमिसम्बन्धी तीन विधेयक बहुमतले पारित गरेको हो ।
नेकपा (माओवादी केन्द्र)का सांसदले फरक मत लेख्ने भन्दै शुक्रबार (भदौ ६)सम्मको समय मागेका थिए । तर, समितिबाट विधेयक पारित गरिएपछि फरक मत नराखी माओवादी सांसदहरू बाहिरिए ।
माओवादीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पनि असहमतिसहित बैठकबाट बाहिरिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।