आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

शिक्षकहरूले संगठन खोल्न नपाउने कुरा पनि विधेयकमा लेख्नुपर्छ: चन्द्र भण्डारी

शिक्षकहरूले संगठन खोल्न नपाउने कुरा पनि विधेयकमा लेख्नुपर्छ: चन्द्र भण्डारी

  • मिडिया डबली
  • बिहिवार, भाद्र ५ २०८२

  • 2.0K
    SHARES

  • शिक्षकहरूले संगठन खोल्न नपाउने कुरा पनि विधेयकमा लेख्नुपर्छ: चन्द्र भण्डारी

    काठमाडौँ- नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले शिक्षकहरूले संघ संगठन खोल्न नपाउने कुरा पनि विधेयकमा लेख्नुपर्ने बताएका छन्।

    प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बिहान बसेको बैठकमा सांसद भण्डारीले शिक्षकहरूले राजनीतिमा आबद्ध हुन नपाउने लेखेर मात्रै नहुने बताएका हुन्। ' प्राध्यापकहरुलाई राजनीति नगर्ने, आफ्नो पेशागत संघसंस्थामा आवद्ध हुन नपाउने, विद्यालयमै केन्द्रित हुने भनिएको छ, प्राध्यापकहरुले अर्को संगठन पनि खोल्न नपाउने लेख्नुपर्छ ।

    कि त संघसंस्थामा आवद्ध हुन दिनुपर्छ । नत्र भने संघसंगठन खोल्न नदिने कुरा लेख्नुपर्छ,' उनले भने। उनले सरुवाको दफामा शिक्षकहरुले आपत्ति जनाएको बताउँदै खाली ठाउँमा सरुवा भएर जान पाइने कुरा स्पष्टसँग विधेयकमा लेखिनुपर्ने बताए। 'हामी खाली भएको ठाउँमा जान पाइयोस् भन्नुभएको छ । जिल्ला, प्रदेश र गाउँको शिक्षकहरुले भन्नुभएको छ । यस्तो कुरा बुझिने गरी विधेयकमा राखौं,' उनले भने।

    सांसद भण्डारीले पाठ्यक्रममा प्रविधिको प्रयोग बढाउनेबारे आवश्यक विषय समेटिनुपर्ने पनि बताए। 'जसरी भएपनि नयाँ प्रविधिको विकास भएको कुरा महशुस गर्नुपर्दछ । हाम्रो पाठ्यक्रममा विश्वव्यापीकरणको प्रविधिको कुरा अवलम्वन गर्ने कुरा राख्नुपर्छ,' उनले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ५ २०८२०२:१६:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend