काठमाडौं– पदअनुकूल आचरण नगरेको आरोपमा प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरलाई हटाउन कांग्रेस र एमाले तयारी अवस्थामा छँदा विपक्षी दलहरू ‘प्रतिरोध रणनीति’ बनाउन बैठकमा जुट्ने भएका छन् ।
यसको अगुवाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका छन् । उनले मंगलबार नै बसेको माओवादी पदाधिकारी बैठकबाट विपक्षी दलहरूको बैठक बोलाउने निर्णय गराएका थिए ।
सोही निर्णयका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल, आम जनता पार्टी, राष्ट्रिय जनमोर्चालगायत विपक्षी दलको बैठक बोलाएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
उनले कांग्रेस–एमालेले उपसभामुख हटाउने प्रक्रिया थालेको अवस्थामा विपक्षी दलहरूको कदम के हुने ? त्यसबारे बैठकमा छलफल हुने जानकारी दिए । माओवादी पदाधिकारी बैठकपछि भने पत्रकारहरूसँग पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपसभामुख मगरलाई हटाउन खोजेर कांग्रेस–एमालेले गल्ती गरेको बताए । त्यस्तो कार्य नगर्न उनले चेतावनी दिए ।
सामाजिक सेवामा क्रियाशील हुँदै राजनीतिमा आएकी आदिवासी महिलालाई हटाउने कोशिस बिल्कुल गलत रहेको बताए । उपसभामुख मगरलाई हटाउने प्रयासप्रति कांग्रेसकै नेता डा. शेखर कोइराला असन्तुष्ट देखिएका छन् । नेकपा एसले कांग्रेस–एमालेको कदमलाई साथ नदिने जनाएको छ ।
जनमत पार्टी निर्णित छैन । तर, यसअघि समर्थन फिर्ता लिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जीता श्रेष्ठ भने सत्तापक्षको बैठकमा सहभागी भएकी छिन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।