काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेस र सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले)ले आफ्ना सांसदलाई आकस्मिक रुपमा संसदीय दलको कार्यालयामा बोलाएका छन् ।
कांग्रेसका एक सांसदका अनुसार बिहान १० देखि दुई बजेभित्र आफ्नो संसदीय दलको कार्यालयमा उपस्थित हुन भनिएको छ । अकस्मिक रुपमा बोलाइएको बैठकको प्रयोजन हस्ताक्षर संकलन भएको ति सांसदले प्रष्ट पारे ।
यता सत्तारुढ दल एमालेले साढे १० बजे आफ्ना सांसदलाई दलको कार्यालयमा उपस्थित हुन सूचना पठाएको छ । उपसभामुख इन्दिरा रानामगरले संसद सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि लामो समयदेखि छानबिनको माग भइरहेको छ ।
सत्तारुढ दलले उपसभामुखलाई हटाउने योजना अनुसार सांसदलाई आकस्मिक रुपमा बोलाइएको अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।