काठमाडौं - मुग्लिन–नारायणगढ सडकखण्डको तुइन पुलनजिकै पुनः सडक अवरुद्ध भएको छ । बिहान साढे ९ बजे माथिबाट ढुंगासहितको पहिरो जाँदा आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
पहिरो हटाउन सडक डिभिजन कार्यालय भरतपुरबाट दुईवटा डोजर सम्बन्धित स्थानमा पुगिसकेको बताइएको छ । माथिबाट थप पहिरो नखसे अबको करिब दुई घण्टाभित्र सडक सुचारु गर्न सकिने कार्यालयले जनाएको छ । बिहान पनि सुक्खा पहिरोले उक्त सडकखण्खड अवरुद्ध भएको थियो ।
सडक सञ्चालनमा आएको केही समयमै पुनः पहिरो गएको हो । वर्षायाममा यस क्षेत्रमा पहिरोको जोखिम उच्च हुने भएकाले बुझेर मात्रै यात्रा गर्न सडक डिभिजन कार्यालय भरतपुरले आग्रह गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।