आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

  • मिडिया डबली
  • आइतवार, भाद्र १ २०८२

  • 597
    SHARES

  • भारतीय विदेश सचिव मिस्री काठमाडौंमा

    काठमाडौं– भारतका विदेश सचिव विक्रम मिस्री आइतबार बिहान काठमाडौं आइपुगेका छन् । उनी परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका हुन् ।

    विदेश सचिव मिस्री नेपालको औपचारिक भ्रमणमा आएको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ । मिस्रीले बिहान साढे १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेट्ने कार्यक्रम रहेको थियो।

    त्यसपछि उनले शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गर्ने छन् । विदेश सचिव मिस्रीले आजै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ । देउवालाई भेट्न उनी बूढानीलकण्ठ पुग्नेछन् ।

    यस्तै, उनले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गर्ने छन् । विदेश सचिवको भ्रमणले दुई देशबीचको सम्बन्धलाई अझ अघि बढाउने अवसरका रूपमा लिइएको दूतावासले उल्लेख गरेको छ। यो भ्रमणले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको तय हुने अनुमान गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, भाद्र १ २०८२१०:३८:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend