आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतको उत्तराखण्डमा बाढीले गरेकाे क्षतिप्रति प्रधानमन्त्री ओलीबाट चिन्ता व्यक्त

भारतको उत्तराखण्डमा बाढीले गरेकाे क्षतिप्रति प्रधानमन्त्री ओलीबाट चिन्ता व्यक्त

  • मिडिया डबली
  • शुक्रवार, श्रावण २४ २०८२

  • 957
    SHARES

  • भारतको उत्तराखण्डमा बाढीले गरेकाे क्षतिप्रति प्रधानमन्त्री ओलीबाट चिन्ता व्यक्त

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तराखण्डमा बाढीले पुर्‍याएकाे क्षतिप्रति दुःख र चिन्ता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले आफू चिन्तित भएको जनाएका छन् ।

    उनले भनेका छन्– ‘छिमेकी मित्रराष्ट्र भारतको उत्तराखण्डमा बाढीले ठूलो जनधनको क्षति पुगेको दुःखद खबरले चिन्तित छु । बाढीपहिरोमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै पीडामा रहेका परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।’

    प्रधानमन्त्री ओलीले बाढीमा १७ जनाभन्दा बढी नेपाली नागरिक पनि परेको खबर प्राप्त भएको र उनीहरूको उद्धारका लागि दूतावासमार्फत तत्काल कूटनीतिक छलफल भएको समेत बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २४ २०८२०९:३०:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend