आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images
राजनीतिक बिशेष

राज्यले दिने तलबभत्ता र सुविधा नलिने नवनियुक्त मुख्यमन्त्री बानियाँको घोषणा

राज्यले दिने तलबभत्ता र सुविधा नलिने नवनियुक्त मुख्यमन्त्री बानियाँको घोषणा

  • मिडिया डबली
  • बुधवार, श्रावण २२ २०८२

  • 4.1K
    SHARES

  • राज्यले दिने तलबभत्ता र सुविधा नलिने नवनियुक्त मुख्यमन्त्री बानियाँको घोषणा

    काठमाडौ -  बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफुले राज्यबाट पाउने तलबभत्ता र सुविधा नलिने घोषणा गरेका छन् । मुख्यमन्त्री नियुक्ती भएकै दिन (मंगलबार) राति प्राइम टिभीको लागि पत्रकार ऋषि धमलाले लिएको विशेष अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् ।

    उनले आफू एकथान फोटो झुण्ड्याउनको लागि मात्र मुख्यमन्त्री नबनेको स्पष्ट पारेका छन् । संघीयता कार्यान्वयनको मुख्य शान भनेको प्रदेश भएकोले आफू मुख्यमन्त्री बनेको उनले दाबि गरेका छन्। उनले प्रदेशको विकासको लागि नै आफू प्रदेशमा चुनाव लडेको जिकीर गरेका हुन्।

    उनले पार्टीभित्रको सहमति कार्यान्वयनको लागि आफू दलको नेता बनेको स्पष्ट पारे । दलको नेतामा निर्वाचन भएर आफू निर्वाचित भएको र अहिले मुख्यमन्त्रीको जिम्मेवारीमा आएको विषयलाई उनले पार्टीभित्रको लोकतान्त्रिक अभ्यास भएको जिकिर गरे ।

    मुख्यमन्त्री बानियाँले आफू र बहादुर सिंह लामाबीच यसअघि नै आलोपालो मुख्यमन्त्रीको नेतृत्व गर्ने विषयमा पार्टी सभापति शेरबहादुर देउवाको उपस्थितिमा सहमति भएको सुनाए । उनले आफूले पदभन्दा पनि पद्धतीलाई विश्वास गर्ने मान्छे भएको सुनाए । उनले बहादुर सिंह लामाको निर्णय, काम र नीति राम्रो कुरालाई ग्रहण गर्ने बताए ।

    मुख्यमन्त्री बानियाँले राजनीति मानवताको लागि गर्ने भन्दै धर्म र जातको नाममा गर्ने कुरा नभएको टिप्पणी गरे । हिजो धर्मको नाममा राजनीति गरेका कमल थापा र जातको राजनीति गरेको माओवादीको ग्राफ कहाँ छ ? भन्दै उनले प्रश्न गरे । उनले आफूहरुको मूल धर्म भनेको मानवताको सेवा नै भएको जिकिर गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, श्रावण २२ २०८२११:१९:३९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend