आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

दाजुले बञ्चरो प्रहार गर्दा भाइको ज्यान गयो

दाजुले बञ्चरो प्रहार गर्दा भाइको ज्यान गयो

  • मिडिया डबली डेस्क
  • शुक्रवार, आषाढ १३ २०८२

  • 888
    SHARES

  • दाजुले बञ्चरो प्रहार गर्दा भाइको ज्यान गयो

    अर्घाखाँची । अर्घाखाँचीको शितगंगा नगरपालिका–६ पाखापानीमा दाजुले बञ्चरो प्रहार गरी आफ्नै भाइको हत्या गरेका छन्।

    इलाका प्रहरी कार्यालय ठाडाका अनुसार ४२ वर्षीय विष्णुबहादुर बादीले बिहीबार राति ३२ वर्षीय भाइ बमबहादुर बादीको टाउकोमा बञ्चरो प्रहार गरी घाइते बनाएका थिए।

    प्रहरी निरीक्षक दीपकसिंह बिष्टका अनुसार दुवै दाजुभाइले मदिरा सेवन गरिरहेको बेला आपसी झगडा सुरु भएको थियो। झगडा उग्र बन्दै जाँदा विष्णुबहादुरले बञ्चरो प्रयोग गरी भाइ बमबहादुरमाथि आक्रमण गरेका हुन्।

    गम्भीर घाइते भएका बमबहादुरलाई उपचारका लागि तत्कालै प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगिएको थियो। तर उपचारकै क्रममा शुक्रबार बिहान १ बजे चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

    स्थानीयका अनुसार उनीहरूबीच पहिले पनि विभिन्न कारणले विवाद हुँदै आएको थियो।

    हत्या पछि फरार रहेका विष्णुबहादुरलाई प्रहरीले बिहीबार राति नै लुकिछिपी बसेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १३ २०८२०९:२५:१९

    मिडिया डबली डेस्क

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend