आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

  • मिडिया डबली डेक्स
  • बुधवार, आषाढ ११ २०८२

  • 1.1K
    SHARES

  • मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक

    काठमाडौँ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरिएको छ । बुधबार सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकले गरेका १५ वटा निर्णयहरू सार्वजनिक गरेका हुन् । 

    सरकारले उद्योग वाणिज्य प्रवर्द्धन परिषद् आदेश, २०८२ स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको छ भने नेपाली सेनाका दुई जना महासेनानीहरूको पदावधि थप गर्ने, एक जना सहायक रथीको उपरथीमा बढुवा गर्ने र दुई जना उपरथीहरूको सरुवा गर्ने निर्णय गरेको छ ।

    बैठकले अन्तर्राष्ट्रियस्तरकाे भलिबल, उसु र कवड्डी प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक र व्यवस्थापक गरि २७ जनालाई पुरस्कार तथा सम्मान प्रदान गर्नका लागि स्वीकृति दिएको छ । 

    त्यस्तै राष्ट्रिय खेलकुद नीति २०८२ स्वीकृत गर्ने र तथ्याङ्क प्रणाली विकासका लागि पञ्चवर्षीय राष्ट्रिय रणनीति स्वीकृत गरिएको मन्त्री गुरुङले बताए । 

    असार ९ गते बसेको मन्त्रीपरिषद्ले गृह मन्त्रालयको प्रस्तावमा पूर्व मुख्यसचिव शंकरदास वैरागीको अध्यक्षतामा विभिन्न मन्त्रालयका सह–सचिवहरू सदस्य रहेको सात सदस्यीय अध्यागमन र भिजिट भिसाका सम्बन्धमा विगतदेखि देखिएका समस्या समाधान गर्नेसम्बन्धी उच्चस्तरीय अध्ययन एवं छानबिन समिति २०८२ गठन गर्ने निर्णय गरेको समेत गरेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ११ २०८२०५:२७:३०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend