आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक बस्दै

च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक बस्दै

  • मिडिया डबली डेक्स
  • बुधवार, आषाढ ११ २०८२

  • 882
    SHARES

  • च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको सचिवालय बैठक  बस्दै

    काठमाडौं  ।  नेपाल कम्युनिष्ट पार्टी एमालेको सचिवालय बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिए।

    आजको बैठकमा पार्टीको आगामी विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुहरू मा छलफल गरिनेछ।

    एमालेले यसअघि नै आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरिसकेको छ। 

    विधान महाधिवेशनको तयारीमा थालेको छ। भदौमा हुने विधान महाधिवेशन विधान संशोधनको मुख्य प्रस्तावका रूपमा प्रस्तुत हुने छ। यसका साथै एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र महासचिव शंकर पोखरेलले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

    एमालेको यो विधान महाधिवेशनमा मुख्य गरी विधान संशोधनको विषयमा चर्को बहस हुने देखिएको छ। पार्टीभित्र कार्यकारी पदमा रहने उमेर हद राख्ने वा नराख्ने, दुई कार्यकाल तोक्ने वा नतोक्नेलगायत विषयमा बहस हुन थालिरहेको छ। 

    पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनको तयारी भइरहेका बेला विधान संशोधनको बहस तीव्र हुन थालेको छ। 

    प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली दुई कार्यकाल अध्यक्ष भइसकेकोले तेस्रो कार्यकाल हुन पाउने–नपाउनेबारे छलफल सुरु भएको छ। 

    त्यस्तै हालको विधानमा ७० वर्षे उमेरहदको प्रावधान भए पनि यो निलम्बनको अवस्थामै रहेकाले यी दुई विषयमा बहस सुरु भइसकेको छ। भण्डारी सक्रिय राजनीतिमा आउने तयारी भएकाले उनीनिकट नेताहरूले ७० वर्षे उमेर हद र कार्यकारी पदमा दुई कार्यकाल राख्नुपर्ने लबिङ सुरु गरेका छन्। यीमध्ये एक प्रावधान राखे ओलीलाई रोक्न सकिने उनीहरूको तयारी छ।

    ओली पक्षले मुलुकको सर्वोच्च निकायमा भएको व्यक्ति सक्रिय राजनीतिमा आउन नपाउने प्रावधान विधानमा उल्लेख गरी पूर्वराष्ट्रपति भण्डारीलाई छेक्ने रणनीतिमा लागेको देखिन्छ। 

    हालै मात्र प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा ७० वर्षे उमेरहदको फेल खाइसकेको बताएका थिए। पार्टी नेतृत्वमा उमेरभन्दा पनि स्वास्थ्य र कार्यक्षमता हेरिनुपर्ने उनको भनाइ छ ।

    २०८० जेठमा बसेको एमाले सचिवालय बैठकले पार्टीको कार्यकारी नेतृत्वमा निर्वाचित वा मनोनीत हुन चाहिने ७० वर्षे उमेर हद हटाएको थियो। उक्त बैठकले ‘कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनीत हुन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने’ विधानको व्यवस्था निलम्बन गरेको थियो। एमालेको २०६५ सालमा बुटवल भएको आठौं महाधिवेशनमा एउटै कार्यकारी पदमा दुई पटक भन्दा बढी निर्वाचित हुन नपाउने व्यवस्था गरेको थियो भने २०७१ मा काठमाडौंमा भएको नवौं महाधिवेशनले ७० वर्षे प्रावधान ल्याएको थियो।

    यसैगरी आज हुने सचिवालय बैठकमा सरकारको काम कारबाहीबारे पनि समीक्षा हुनेछ। ओली नेतृत्वको सरकारले एक वर्ष पूरा गर्न लागेको सन्दर्भमा सरकारबारे समीक्षा गर्ने एमालेको तयारी छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ११ २०८२०८:३०:०२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend