आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी

  • मिडिया डबली डेक्स
  • मंगलवार, आषाढ १० २०८२

  • 534
    SHARES

  • सत्तारुढ दलको बैठक बालुवाटारमा  जारी

    काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले सत्ता पक्षीय दलको बैठक बसिरहेको छ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी सहभागी छिन्।

    बैठकमा दोस्रो तहका नेता पनि छन्। नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत पनि बैठकमा छन्।

    बैठकमा समसामयिक राजनीति, सरकार सञ्चालन, बजेटलगायत विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

    प्रतिनिधि सभा बैठकमा आज बजेट पारित गर्ने कार्यसूची छ। बिहान ११ बजे बस्ने बैठकमा आज बिहान ११ बजे बस्ने बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

    त्यसअघि सत्तापक्ष छलफलमा जुटेका हुन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १० २०८२०९:५८:२३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend