काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले २ लाख धरौटीमा रिहा गर्न आदेश दिएपनि अमला रोका फेरि पक्राउ परेकी छन् ।
६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी उनी सोमबार काठमाडौँ जिल्ला अदालतको आदेशअनुसार २ लाख धरौटी बुझाएर रिहा भएपनि लगत्तै पक्राउ परेकी हुन् ।
सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनीविरुद्ध अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी होबिन्द्र बोगटीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।