काठमाडौँ । रास्वपाका सांसदहरुले सोमबार पनि प्रतिनिधिसभा बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै रास्वपाले संसदमा विरोध गर्दै आएका छ ।
तर, आफूहरूको माग सम्बोधन नगरी सभामुखले संसदको कारबाही अघि बढाएको भन्दै रास्वपाका सांसदहरुले केही दिन सदनमै नाराबाजी गरे भने केही दिनयता भने आफ्नो कुरा राखेर संसद बहिस्कार गर्दै आएका छन् ।
सोही क्रममा सोमबार पनि रास्वपाका सांसदहस्ले संसद बहिस्कार गरेका छन् । संसदबाट बाहिरिने क्रममा स्वतन्त्र सांसद अमरेशकुमार सिंहसँग रास्वपाका सांसदहरुले हात मिलाएका थिए । आइतबारको बैठकमा सिंहले रास्वपालाई पेल्ने काम भएको भन्दै सभामुखको आलोचना गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।