काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो ह्वाट्सएप च्यानल सुरु गरेका छन्।
आमनागरिकसँग सहज सञ्चार गर्ने योजनासहित ओलीले शनिबारदेखि ह्वाट्सएपमा उपस्थिति जनाएका हुन्। च्यानलमा जोडिएका प्रयोगकर्ताले ओलीका विचार, अभिव्यक्ति, कार्यक्रम तथा राजनीतिक गतिविधिहरूबारे नियमित अपडेट पाउने बताइएको छ।
फेसबुकमा एक पोस्ट राख्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई आफ्नो च्यानलमा जोडिन आह्वान गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।