काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले महामन्त्रीको जिम्मेवारी यसअघि कार्यवाहक रहेका कवीन्द्र बुर्लाकोटीलाई दिएको छ।
तेस्रो स्थापना दिवसको उपलक्ष्यमा शनिबार बिहान बसेको केन्द्रीय समिति बैठकले उनलाई महामन्त्री बनाएको हो
त्यस्तै बैठकले मनिष झालाई कार्यवाहक प्रवक्ताबाट प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ।
रास्वपाका तत्कालीन महामन्त्री मुकुल ढकाल बाहिरिएपछि यी दुवै पद कार्यवाहक रहेका थिए।
पार्टीले आज विभिन्न कार्यक्रमको साथ स्थापना दिवस मनाइरहेको प्रवक्ता झाले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।