काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो ।
जसअनुसार शुक्रबार छापावाल सुन एक तोलाको १ लाख ९४ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार १५० रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको हो । बिहीबार चाँदी प्रतितोलामा २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै बिहीबार सुन प्रतितोला १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैबिच महासंघले सुनमा विलासिता कर साउन १ गतेदेखि मात्रै लागू हुने स्पष्ट पारेको छ ।
‘असार ५ गते आन्तरिक राजस्व विभागका उच्च पदस्थ अधिकारीहरूसँग भएको परामर्श अनुसार, मिति २०८२ साउन १ गते अघि सम्म सो विलासिता कर लागू नहुने स्पष्ट जानकारी प्राप्त भएको छ’, महासंघले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
साथै यस सम्बन्धमा उत्पन्न समस्या समाधानका लागि सम्बन्धित निकायहरूसँग निरन्तर वार्ता र कूटनीतिक पहलहरू समेत भइरहेको महासंघले स्पष्ट पारेको छ। महासंघले विलासिता कर खारेजीको माग गर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।