आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बाली जोगाउन खेतमा जडान गरिएको विद्युत तारमा करेन्ट लागेर एक महिलाको मृत्यु

बाली जोगाउन खेतमा जडान गरिएको विद्युत तारमा करेन्ट लागेर एक महिलाको मृत्यु

  • मिडिया डबली डेक्स
  • बिहिवार, आषाढ ५ २०८२

  • 783
    SHARES

  • बाली जोगाउन खेतमा जडान गरिएको विद्युत तारमा करेन्ट लागेर एक महिलाको मृत्यु

    ढल्केबर । धनुषाको मिथिला नगरपालिका–१, ढल्केबरमा बाली जोगाउन खेतमा जडान गरिएको विद्युत तारमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे स्थानीय ५० वर्षीया मङ्लीदेवी महतोको करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

    प्रहरीका अनुसार मङ्गलीदेवी सोही वडाका रामअशिष महतोकी श्रीमती हुन् । घर नजिकै रहेको तरकारी खेतमा काम गर्न जाँदा खेत वरिपरि जडान गरिएको करेन्ट प्रवाह गरिएको तारमा छोएपछि उहाँको घटनास्थलमै मृत्यु भएको हो । 

    इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशङ्कर यादवले घटनास्थलमा प्रारम्भिक अनुसन्धानमा स्थानीय रामप्रमोद महतोले जङ्गली जनावरबाट आफ्नो खेतमा लगाइएको तरकारी बाली जोगाउने बिजुलीको नाङ्गो तार खेत वरिपरि तानेर करेन्ट प्रवाह गरेको पाइएको बताउनुभयो । खेतको सुरक्षा गर्न बनाइएको विद्युतीय घेरामा परेर महिलाको मृत्यु भएको उहाँले जानकारी दिनुभयो । 

    मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ भने घटना सम्बनधमा  थप अनुसन्धान भइरहेको समेत प्रहरी निरीक्षक यादवले जानकारी बिताउनुभयो । 

    स्थानीय बासिन्दाका अनुसार यहाँका केही किसानले खेतको तरकारी तथा अन्य बाली जङ्गली जनावरबाट बचाउन विद्युतीय तार तानेर करेन्ट प्रवाह गर्ने गरेका छन् । तर, यसरी जडान गरिएको अवैधानिक तारले मानवीय क्षति बढेको स्थानीयको भनाइ छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ५ २०८२१२:३७:४२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend