काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।
नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । उक्त खेल नेपालको १००औं टी-२०आई खेल पनि थियो ।
नेपालले त्यसपछि स्कटल्याण्डमाथि भने २ विकेटको जित निकालेको थियो । उक्त ‘लो स्कोरिङ’ खेल पनि अन्तिम ओभरको पाँचौं बलसम्मै पुगेको थियो ।
नेदरल्याण्ड्सले भने यस शृंखलामा दुई जित निकालेको छ । आइतबार भएको शृंखलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डसँग ३९ रनले पराजित भएको थियो ।
त्यसपछि नेपाललाई तेस्रो सुपर ओभरमा हराएको थियो भने बुधबार स्कटल्याण्डलाई १७ रनले हरायो ।
नेपाल र नेदरल्याण्ड्सबीच हालसम्म भएका टी-२०आई खेलहरूमा ८ खेल नेदरल्याण्ड्सले जितेको छ भने ५ खेल नेपालले जित्दा १ खेल नतिजाविहीन छ ।
आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखला सकिएपछि त्यही टोलीहरूको बीचमा टी-२० आई खेल भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।