बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

चीनमा एक युवतीले करोडपति बन्न ८ प्रेमीलाई लुटिन

चीनमा एक युवतीले करोडपति बन्न ८ प्रेमीलाई लुटिन

  • एजेन्सी
  • बुधवार, आषाढ ४ २०८२

  • 828
    SHARES

  • चीनमा एक युवतीले करोडपति बन्न ८ प्रेमीलाई लुटिन

    चीनमा २४ वर्षीया एक युवतीले धनी बन्न ८ जना प्रेमी बनाएको खबर बाहिरिएको छ । यिन शु नामक ती युवती गरिब परिवारकी भएको बताइएको छ । उनले  ५ वर्षमा १० करोड रुपैयाँ कमाएर धनी बन्ने योजना बनाएको चिनिया सञ्चार माध्यमहरुले जनाएका छन । 

    उनले आफ्नो सुन्दरतालाई हतियारको रूपमा प्रयोग गरेको सार्वजनिक समाचारहरुमा उल्लेख गरिएको छ ।  सुरुमा उनले जागिर छाडेको र त्यसपछि सुन्दर देखिनको लागि आफ्नो सबै बचत प्लास्टिक सर्जरीमा खर्च गरेको बताइएको छ । 

    यिन शुले सामाजिक सञ्जालमा धनी व्यक्तिहरूलाई फिटनेस रुटिन, राम्रो ड्रेसिङ स्टाइल सिकेर लक्षित गर्न थालेकी थिइन । यिनले आफ्नो प्रेमीको घरमा बस्ने बहानामा डिजाइनर बेल्ट, महँगो सोफा, इलेक्ट्रोनिक्स सामानहरू चोर्ने गर्थिन्। 

    त्यसपछि उनी सबै सामानहरू अनलाइन सेकेन्ड ह्यान्ड प्लेटफर्महरूमा बेच्थिन्। उनले केही महिनामा ८ धनी व्यक्तिहरूबाट २ लाख युआन लगभग ३५ लाख रुपैयाँ चोरिन्। यिनको चालबाजी आफ्नो नवौं प्रेमीलाई फसाउन खोज्दा समातिएको समाचारमा उल्लेख गरिएको छ ।

    भ्यालेन्टाइन डेमा यिनले आफ्नो प्रेमीको घर लुटिरहेको अवस्थामा क्यामेरामा कैद भइन्। यसपछि प्रेमीले प्रहरीलाई फोन गरेर यिनलाई पक्राउ गरे। यिनले प्रहरीको अगाडि आफ्नो अपराध स्वीकार गरेको पनि समाचारमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ४ २०८२०२:२१:१५

    एजेन्सी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend