आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कैलाली कारागारमा कैदी युवकको मृत्यु

कैलाली कारागारमा कैदी युवकको मृत्यु

  • मिडिया डबली डेक्स
  • बुधवार, आषाढ ४ २०८२

  • 714
    SHARES

  • कैलाली कारागारमा कैदी युवकको मृत्यु

    कैलाली। जिल्ला कारागार कैलालीका कैदीबन्दीको शव सेती प्रादेशिक अस्पतालको शव गृहबाट उठ्न सकेको छैन । आफन्तहरूले सत्यतथ्य छानबिन भई न्याय नपाउँदासम्म शव नउठाउने अडान लिएका छन् ।

    सोमबार राति १०ः३० बजे कारागारमा अचेत अवस्थामा भेटिएको बैंकिङ कसुर मुद्दाका प्रतिवादी डडेल्धुराको भागेश्वर गाउँपालिका ५ का २८ वर्षीय हरिश सिंह पालीको मृत्यु भएको कारागारले जनाएको छ ।

    कैलाली कारागारका जेलर पदम तिमिल्सिनाले अचेत अवस्थामा भेटिएका पालीलाई राति सेती प्रादेशिक अस्पताल उपचारका क्रममा मृत्युु भएको बताउनुभयो ।  

    सेती प्रादेशिक अस्पतालमा राखिएको शवमा निलडाम र चोटपटक भेटिएको छ । पालीका आफन्तहरुले कारागारभित्रै यातनाका कारण मृत्यु भएको भन्दै घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् ।

    मृत्युको कारण स्पष्ट नभए पनि अस्पताल पुर्याउने बेला पालीलाई उच्च ज्वरो आएको थियो भने रक्तचाप निकै कम रहेको तिमिल्सिनाले बताउनुभयो ।

    मुख, खुट्टा र शरीरका अन्य भागमा समेत चोटपटक लागेको पाइएको छ । सोही कारण पालीका आफन्तले कारागारभित्र कुटपिट गरेर हत्या गरेको आरोप लगाउँदै शव बुझ्न मानेका छैनन् ।

    अहिले उहाँको शव प्रादेशिक अस्पतालमै राखिएको छ । पालीलाई बैंकिङ कसुर मुद्दामा जिल्ला अदालतले १० दिन कैद र दुई लाख रूपियाँ जरिवाना गरेको थियो ।

    त्यही बेलादेखि फरार रहेका उहाँलाई कैलाली प्रहरीले असार १ गते पक्राउ गरेर कारागार चलान गरेको थियोे । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ४ २०८२१०:४२:०५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend