आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी

स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी

  • मिडिया डबली डेक्स
  • बुधवार, आषाढ ४ २०८२

  • 672
    SHARES

  • स्कटल्यान्डविरुद्धको खेलमा नेपाल विजयी

    काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले पहिलो जित हासिल गरेको छ।  गएराति भएको खेलमा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले हराउँदै नेपालले प्रतियोगितामा पहिलो जित निकालेको हो।

    टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्ड २ बल बाँकी हुँदै ९७ रनमा अलआउट भएको थियो। जवाफमा नेपालले पाएको ९८ रनको कमजोर लक्ष्यमा पनि नेपालले कडा संघर्ष गर्नु पर्यो। नेपालले इनिङको अन्तिम बल बाँकी हुँदा ८ वकेट गुमाएर लक्ष्य पुरा गर्यो।

    नेपालका जितमा ओपनर कुशल भुर्तेलले ३० रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले १४ रन बनाए। त्यस्तै बसिर अहमदले १३ रन बनाउँदा किरन ठगुन्ना १० रन बनाएका थिए। नेपालका लागि विजयी रन भने सन्दीप लामिछानेले १ बल खेल्दै १ रन हानेर पुरा गरेका थिए। उनीसँग करण केसी ३ रनमा अविजित रहे।

    कमजोर स्कोरका बाबजुत नेपाली ब्याटरलाई दबाब दिन सफल भएको स्कटल्यान्डका लागि माइकल लिस्क र सफ्यान सरिफले समान २(२ विकेट लिंदा ब्रान्डन म्याकमुलम, मार्क वाट, ज्याक जार्भिस, र जसपर डेभिडसनले समान १(१ विकेट लिए।

    त्यसअघि नेपालको उत्कृष्ट बलिङमा सन्दीप लामिछानेले ४ ओभर बलिङ गर्दै ११ रन खर्चिएर ४ विकेट लिएका थिए। त्यस्तै करण केसी र दिपेन्द्र सिंह ऐरीले समान २(२ विकेट लिंदा ललित राजवंशीले १ विकेट हात पारेका थिए।

    नेपाल विरुद्ध सुरुवातबाटै धर्मराएको स्कटल्यान्डको इनिङ सुरुवाती २४ रन जोड्दै ५ विकेट गुमाउन पुगेको थियो। त्यसपछि छैटौं विकेटका लागि माइकल लिस्क र कप्तान म्याथ्यु क्रसले ३९ रनको साझेदारी गरे।

    उक्त साझेदारी लामिछानेले तोड्दै पुन स्कटल्यान्डलाई धरासायि बनाए। उनले कप्तान क्रसको विकेट सहित २ बलमा २ विकेट लिएर पुन नेपाललाई खेलमा फर्काए। उनले तीन खेलाडीलाई बोल्ड गर्दा स्यान सरिफलाई एलबिडब्लु आउट गरे।

    स्कटल्यान्डका लागि लिस्कले ४६ बलमा ४६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन सम्झना योग्य रहेन्। उनी बाहेक कप्तान क्रसले १५ रन बनाउँदा ब्रान्डन म्याकमुलमको १० रन थप दोहोरो स्कोरका रुपमा रह्यो।  मंगलबारको खेलमा नेपालका बलर करण केसीले आफ्नो १ सयौं विकेटको कोसेढुङ्गा समेत पुरा गरे।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ४ २०८२०९:२४:०८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend