आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

के देश झापा, रुपन्देही, काठमाडौंको मात्रै हो ?

के देश झापा, रुपन्देही, काठमाडौंको मात्रै हो ?

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ २ २०८२

  • 1.0K
    SHARES

  • के देश झापा, रुपन्देही, काठमाडौंको मात्रै हो ?

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष सांसद प्रकाश ज्वालाले के देश झापा, रुपन्देही, काठमाडौंको मात्रै हो ? भन्दै प्रश्न चिन्ह तेस्राएका छन् । उनले प्रधानमन्त्री, अर्थमन्त्री र सत्तारुढ दलका प्रभावशाली नेताको जिल्लामा बजेट थुपारिएको आरोपसमेत लगाए ।

    उनले भने ‘म अर्थमन्त्रीज्यूसँग प्रश्न गर्न चाहन्छु, के देश झापा, रुपन्देही, काठमाडौंको मात्रै हो ? के यही हो बजेटमा सुशासन ? बजेट दुरुपयोगको यो भन्दा नांगो नमूना अरु के हुन सक्छ ?’

    उनले आगामी आर्थिक वर्षका लागि विनियोजित बजेटमा मन्त्री, मन्त्रीका आसेपासे र बिचौलियाको हालीमुहाली रहेको बताएका छन् ।

    प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद ज्वालाले मन्त्री र तिनका आसेपासे तथा बिचौलियाले बजेटमा हालीमुहाली गरेको बताएका हुन् ।

    मन्त्रीका मातापिताका नाममा तथा पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको भन्दै उनले बजेटको आलोचना गरे । ‘सहरी विकास मन्त्रालयको मात्रै कुरा गर्दा बजेटलाई मन्त्रीहरूले एकलौटी कब्जा गरेजस्तो देखिन्छ । मन्त्री र मातापिताका नाममा, पार्टी कार्यालय बनाउन अर्बौं बजेट बाँडिएको छ,’ उनले भने, ‘दुर्गम जिल्लाहरूमा स्वास्थ्यचौकी, खानेपानीजस्ता आधारभूत आवश्यकतामा बजेट नभएर जनता छटपटाइरहेका छन् ।’

    पूर्वमन्त्री ज्वालाले सरकारले राष्ट्रिय योजना आयोगको निर्देशनलाई पनि धज्जी उडाएको बताए । ‘केन्द्रमा तीन करोड रुपैयाँभन्दा माथिका योजनामा मात्र बजेट विनियोजन गर्ने भन्ने योजना आयोगको निर्देशनलाई धज्जी उडाइएको छ । बजेट छरपस्ट रुपमा वितरण गरिएको छ । बजेट बनाउँदा र वितरण गर्दा नै अनियमितताको गन्ध आएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २ २०८२०२:४२:४८

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend