आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

प्रतिनिधि सभामा रास्वपाको अवरोध जारी रहने

प्रतिनिधि सभामा रास्वपाको अवरोध जारी रहने

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ २ २०८२

  • 876
    SHARES

  • प्रतिनिधि सभामा रास्वपाको अवरोध जारी रहने

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधि सभामा आफूहरूको अवरोध जारी रहने सूचना सभामुख देवराज घिमिरेलाई दिएको छ।

    प्रतिनिधि सभको बैठक बिहान ११ बजे बस्दैछ। त्यसअगाडि (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद (डीपी) अर्याल र प्रमुख सचेतक सन्तोष परियारले सभामुखसँग भेटेका थिए।

    सभामुखको सरकारी निवास बालुवाटारमा भएको भेटमा नेताद्वय अर्याल र परियारले आफूहरूको माग सम्बोधन नभएकाले अवरोध जारी रहने सूचना दिएका हुन्।

    रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएको छ। यो प्रकरणमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने पनि उनीहरूको माग छ। जवाफमा सभामुख घिमिरेले विपक्षीले उठाएको विषय गम्भीर रहेको बताए। तर, अब संसदमा अवरोध जारी राख्ने वातावरण नभएको बताएका छन्।

    सभामुखको सचिवालयका अनुसार सभामुखले भनेका छन्, ‘दुई सातादेखि विपक्षीको अवरोधले संसद बन्धक भयो। बजेटबारे ब्यापक छलफल गर्नुपर्ने, समृद्ध बनाउने बेला संसद अबरूद्ध हुँदा जनतामा गलत सन्देश गएको छ।’

    तथापि, विपक्षीले उठाएका मुद्दा गम्भीर रहेको सभामुखले दोहोर्‍याएको उनको सचिवालयले जनाएको छ। रास्वपालाई सभामुखको सन्देश छ, ‘गम्भीर विषय भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ। तर, अब रोक्ने अवस्था छैन।’

    संसदको नेतृत्वका हिसाबले आफूले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्ने सभामुखको आग्रह छ। उनका अनुसार राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधि सभाबाट विनियोजन विधेयक पठाउन भनेको छ। यस्तो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्ने दबाबमा प्रतिनिधिसभा छ।

    रास्वपा नेताहरूलाई सभामुखले भनेका छन्, ‘तपाईंहरूले आफ्नो आन्दोलनको स्वरुप बदलेर पनि संवैधानिक सीमा र बाध्यता बुझ्नुपर्छ। बरू सरकारसँग संवादका लागि आवश्यक सहजीकरण म गर्नेछु। गम्भीर भएर छलफल गरौं।’

    तर, रास्वपाले आफूहरु संघर्षबाट पछाडि नहट्ने अडान दोहोर्‍याएको छ। ‘हामीले उठाएका माग गम्भीर छन्। जनताको वास्तविक समस्या उठाएका छौं। हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद अवरोध बाध्यात्मक भएको हो’ सभामुखलाई नेताद्वय अर्याल र परियारले भनेका छन्।

    अवरोध कायम रहने पनि सभामुखलाई रास्वपाको सन्देश छ। उनीहरूले भनेका छन्, ‘अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं। तथापि हामी अहिलेको निकासका लागि छलफल र संवादमा नै छौं।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २ २०८२१२:०४:४३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend