आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित छन् : परराष्ट्र मन्त्रालय

  • मिडिया डबली डेक्स
  • सोमवार, आषाढ २ २०८२

  • 867
    SHARES

  • इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित  छन् :  परराष्ट्र मन्त्रालय

    काठमाण्डौ । द्वन्द्वग्रस्त इजरायल र इरानमा रहेका सबै नेपाली सुरक्षित रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयअनुसार इजरायलमा ५ हजार ५ सय र इरानमा करिब १२ जना नेपाली छन् ।

    इजरायलमा रहेको नेपाली दूतावासका अनुसार अहिलेसम्म एक जना नेपालीले मात्रै उद्धारको लागि अनुरोध गरेका छन्, अरुले आफूहरु सुरक्षित भएकाले फर्काउन नपर्ने बताएका छन् ।

    दूतावासले हिजो सूचना निकालेर त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ । सुरक्षित आश्रयस्थलको सुविधा भएको ठाउँको आसपासमै रहन दूतावासले भनेको छ ।

    परराष्ट्र मन्त्रालयले इजरायलमा कुनै अप्ठ्यारोमा परेमा तेल अभिभमा रहेको नेपाली दूतावासमा तथा इरानमा कुनै अप्ठ्यारो परेमा कतारको दोहामा रहेको नेपाली नियोगमा सम्पर्क गर्न आग्रह गरेको छ ।

    इरानमा अहिले नेपालको दूतावास छैन । त्यहाँ रहेका नेपालीहरुले कतारमा रहेको राजदूतावासमार्फत समन्वय गर्नुपर्ने हुन्छ ।

    यस्तै पराराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न दूतावासहरुलाई निर्देशन दिएको छ ।

    परराष्ट्रमन्त्री आरजू देउवा राणाले इजरायलको तेल अभिभ र कतारको दोहामा रहेको नेपाली दूतावासका राजदूतहरुलाई टेलिफोन सम्पर्क गरी ती देशमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

    साथै ती देशमा रहेका नेपालीहरुसँग निरन्तर सम्पर्क राख्न र सम्बन्धित देशले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रुपमा नेपालीहरु समक्ष पुर्‍याउन राजदूतहरुलाई मन्त्री राणाले निर्देशन दिनुभएको मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ २ २०८२१०:२९:२९

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend