काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् ।
सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् ।
सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरुले मानेनन् ।
त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरे ।
संसदमा एकजना उभिँदा पनि संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ ।
तर घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेलले बोलेका छन् । पौडेलपछि सभामुख घिमिरेले रास्वपाका सन्तोष परियारलाई बोल्न समय दिए । तर परियारले बोलेनन् ।
विपक्षी दलबाट नाराबाजी जारी रहेकै बेला सभामुख घिमिरेले रामप्रकाश चौधरीलाई बोल्न समय दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।