काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८३ मंसिर अघि नै पार्टीको महाधिवेशन हुने दाबी गरेका छन्। कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति–६ प्रदेश ‘क’ काठमाडौंको सम्मेलन तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले ०८४ को निर्वाचनपछि पुग्ने हो कि भन्ने भ्रमबाट मुक्त हुन आग्रह पनि गरेका छन्।
महामन्त्री थापाले महाधिवेशन सार्न कांग्रेस पार्टीले आफूले चाहेर मात्रै नहुने भन्दै अदालती समस्या हुने बताए। कांग्रेसको महाधिवेशनको अन्तिम मिति ०८३ को मङ्सिर रहेको र त्यहाँसम्म पुर्याउन नहुने उनले स्पष्ट पारे।
ढिलाइ भए त्यसले स्थानीय निर्वाचनलाई प्रभावित पार्ने थापाको बुझाइ छ। जति सक्दो क्रियाशील सदस्यको काम सकिन्छ महाधिवेशन गर्न त्यति नै सहज हुने जिकिर उनले गरे।
महामन्त्री थापाले भातृसंस्थाहरूको अधिवेशन हुन नसक्नु दुखद रहेको बताए। नेविसंघ, तरुण दल, महिला संघलाई अधिवेशन गर्छु मात्रै भने पार्टीको पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।