आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सहमति पालना नभए फेरि विरोधमा उत्रिन्छौँ : प्रचण्ड

सहमति पालना नभए फेरि विरोधमा उत्रिन्छौँ : प्रचण्ड

  • मिडिया डबली डेक्स
  • शनिवार, जेठ ३२ २०८२

  • 1.3K
    SHARES

  • सहमति पालना नभए फेरि विरोधमा उत्रिन्छौँ : प्रचण्ड

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरूसँग भएको सहमति पालना नभए एक महिनापछि फेरि विरोधमा उत्रिने बताएका छन् । 

    विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सदनबाट केही महत्त्वपूर्ण ऐन पारित गर्नुपर्ने  भएकोले पनि सहमति गरेको प्रतिक्रिया दिए।

    ‘एकातिर सङ्घीय निजामती ऐन छिटोभन्दा छिटो पारित गर्नुपर्ने छ। लाखौँ शिक्षकको मागअनुसार विद्यालय शिक्षा ऐनलाई अन्तिम रूप दिनुपर्ने छ। टीआरसीसँग सम्बन्धित विषय अगाडि बढाउनुपर्ने छ’, उनले भने, ‘यस्तो वेला सदन अवरोधले निकास ननिस्कने हुँदा सहमतिमा गएका हौँ।’

    निम्ति भिजिट भिसा प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भन्नेमा आफूहरूको जोड रहने भन्दै उनले  गहिरो अध्ययन गहिरो हुनुपर्ने र त्यसलाई सम्बोधन गर्नेगरी संरचना बन्नुपर्ने बताए। 

    पार्टीका उपाध्यक्ष अग्नि सापकोटाको मुद्दासँग गृहमन्त्रीको राजीनामा साटेको हो भन्ने प्रश्नको जवाफमा उनले यी दुईबीच कुनै साइनो नरहेको जिकिर गरे। ‘यो वाहियात कुरा मानिसहरूले प्रचार गर्ने गरेका छन्। त्यस्तो केही  होइन’, उनले भने, ‘भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको कुनै साइनो सम्बन्ध छैन।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ ३२ २०८२१०:२३:४५

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend