आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने परराष्ट्रमन्त्री राणाको तर्क

मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने परराष्ट्रमन्त्री राणाको तर्क

  • मिडिया डबली डेक्स
  • शुक्रवार, जेठ ३१ २०८२

  • 738
    SHARES

  • मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने परराष्ट्रमन्त्री राणाको तर्क

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले आफू र आफ्नो परिवारलाई बदनाम गराउन तथ्यहीन र भ्रामक  भिडियो बनाउनेले सजाय पाउनैपर्ने प्रतिक्रिया दिएकी छिन्।

    शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै राणाले आफूविरुद्ध भिडियो बनाउने मिडिया सरकारी निकायमा दर्ता समेत नभएको थाहा पाएपछि प्रेस काउन्सिल मार्फत प्रक्रिया शुरु गर्न नमिलेर राज्यको कानून अनुसार नै न्याय खोजेको बताएकी छिन्।

    ‘उक्त भ्रामक भिडियो पोष्ट गर्नेविरुद्ध अदालतले पक्राउ पूर्जी जारी गरेको छ र कानूनले जे सजाय दिन्छ हामीले पनि त्यसैलाई अनुसरण गर्ने नै हो’, उनले लेखेकी छिन्।

    उनले आफूलाई प्रेस स्वतन्त्रताका बारेमा  राम्ररी थाहा भएको भन्दै मिडियाले जिम्मेवारीबोध र विश्वसनीयता गुमाउन नहुने तर्क गरेकी छिन्। ‘पार्टी (कांग्रेस) को एक जिम्मेवार सदस्य भएकाले मलाई प्रेस स्वतन्त्रताका बारेमा  राम्ररी थाहा छ’, उनले भनेकी छिन्, ‘तर मिडियाको सबैभन्दा ठूलो पक्ष जिम्मेवारीबोध र विश्वसनीयता गुमाउनुहुँदैन भन्ने मेरो धारणा हो।’

    लोकतन्त्र र प्रेस एक अर्काका परिपूरक भएकाले कुनै पनि व्यक्तिको वैयक्तिक स्वतन्त्रताप्रति मिडिया पनि जिम्मेवार हुनुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले बताएकी छिन्।

    पत्रकार दिलभूषण पाठकले केही दिनअघि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री राणाका छोरा जयवीरलाई हिल्टन होटलको शेयर प्रकरणमा जोडेर भिडियो सामग्री बनाएका थिए। यो विषयमा परेको उजुरी आधारमा साइबर ब्यूरोले जिल्ला अदालतबाट पाठकलाई पक्राउ पुर्जी  लिएर प्रहरी परिचालन गरिसकेको छ। तर पाठक भने तीन दिनदेखि सम्पर्कविहीन छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ३१ २०८२१०:३७:२०

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend