आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तेह्र दिन देखि अवरुद्ध प्रतिनिधि सभा बैठक आज बस्दै,अवरोध हटाउन सहमतिको प्रयास

तेह्र दिन देखि अवरुद्ध प्रतिनिधि सभा बैठक आज बस्दै,अवरोध हटाउन सहमतिको प्रयास

  • मिडिया डबली डेक्स
  • शुक्रवार, जेठ ३१ २०८२

  • 537
    SHARES

  • तेह्र दिन देखि अवरुद्ध प्रतिनिधि सभा बैठक आज बस्दै,अवरोध हटाउन सहमतिको प्रयास

    काठमाडौं । विपक्षी दलहरुको विरोधका कारण जेठ १३ गतेदेखि प्रभावित प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । आजको बैठक दिउँसो १ बजे बोलाइएको छ ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै माओवादी केन्द्र, रास्वपासहितका प्रतिपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद अवरुद्ध गर्दै आएका छन् । जेठ १५ गते बजेट प्रस्तुत हुन दिएका प्रतिपक्षी दलहरुले त्यसपछिका बैठकमा भने अवरोध पुर्‍याउँदै आएका छन् ।

    गृहमन्त्रीले राजीनामा दिनुपर्ने मागबाट पछि हटेर प्रतिपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा छानबिन गर्नुपर्ने माग राख्दा पनि सत्ता पक्ष तयार नहुँदा सहमति जुट्न सकेको थिएन । जसका कारण बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

    दुवै पक्षका पछिल्ला बैठक र छलफलहरुमा भिजिट भिसा प्रकरणमा छानबिन गर्न सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले लचक हुँदै छानबिन समिति गठनमा प्रतिबद्धता जनाएका छन् ।

    यद्यपि समिति कस्तो हुने, त्यसको कार्यादेश के हुने लगायतका विषयमा सहमति भइसकेको छैन । त्यसैले आज पनि सहमतिको प्रयास गर्ने नेताहरुले बताएका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले विहीबार पत्रकारहरुसँग कुरा गर्दै सहमति नजिक फुगेकाले शुक्रबारको बैठक सुरु हुन सक्ने बताएका थिए ।

    माओवादी केन्द्रका अर्का नेता माधव प्रसाद सापकोटाले सत्तापक्षले ल्याउने प्रस्ताव हरेर सदनको अवरोध हट्ने कि नहट्ने भन्ने निश्चित हुने बताए ।

    यदि शुक्रबार सदनको अवरोध हटेमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने छन् ।

    यसैगरी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्ने छन् ।

    साथै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संघीय निजामती सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२ पेस गर्ने लगायतका सम्भावित कार्यसूची पनि छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ३१ २०८२१०:०८:४७

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend