काठमाडौं । मनसुन सक्रिय हुँदै गएपछि पश्चिम नेपालका जिल्लाहरुमा वर्षा भइरहेको छ ।
अहिले गण्डकी प्रदेशबाट पश्चिमका जिल्लामा वर्षा भइरहेको छ । पानी प्रणाली उत्तरतर्फ सरिरहेकाले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
अनुसार गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भैरहेको छ ।
डडेलधुरा, नुवाकोट, लमजुङ, स्याङ्जा, बर्दिया आसपासका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा समेत भैरहेको छ । उक्त पानी पार्ने प्रणाली उत्तरतर्फ सरिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसम विज्ञान विभागका अनुसार डडेलधुराको परशुराम नगरपालिकास्थित ज्यामिरखालीमा एक घण्टाकै अवधिमा ४०.८ मिलिमिटर वर्षा भएको छ । यसैगरी बाँकेको ढकेरीमा २९.६ तथा नुवाकोटको बेत्रावती र स्याङ्यामा २३ मिलिमिटर वर्षा मापन भएको छ ।
यही जेठ १५ गते नेपाल भित्रिएको यस वर्षको मनसुन पश्चिमतर्फ फैलिने क्रममा छ । जेठ २९ गते मनसुन फैलिँदै लुम्बिनी प्रदेशसम्म पुगेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।