काठमाण्डौ । आज विश्व बालश्रम विरुद्धको दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रूपमा मनाइने गरिएको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुले ‘प्रगति स्पष्ट छ, तर अझै धेरै गर्न बाँकी छः प्रयासहरूलाई तीव्र बनाऔं !’ नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाउदैछन् ।
बालबालिकालाई श्रमिकका रूपमा प्रयोग गरिने कार्यविरुद्ध बालश्रम विरुद्धको दिवस मनाउन थालिएको हो । बालश्रम विरुद्ध आईएलओ महासन्धि १८२ र श्रममा प्रवेश गर्ने न्युनतम उमेर सम्बन्धी महासन्धि १३८ कार्यान्वयनको सन्दर्भ पारेर सन् २००२ देखि १२ जुनलाई विश्व बालश्रम विरुद्धको दिवसका रूपमा मनाउन थालिएको हो ।
अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओ कन्भेसनको भाग १३८ मा नेपालले पनि हस्ताक्षर गरी ऐक्यवद्धता जनाएको छ । नेपालमा बालबालिकासम्बन्धी ऐन २०४८ ले १६ वर्षमुनिकालाई बालबालिका भनेर परिभाषित गरेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।