आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

  • मिडिया डबली डेक्स
  • बिहिवार, जेठ ३० २०८२

  • 804
    SHARES

  • कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाण्डौ । देशका केही ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । आज सबै प्रदेशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

    महाशाखाका अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो ।

    पानी पर्न थालेपछि तापक्रम केही घट्न थालेको मौसमविदले बताएका छन् । नेपालको पूर्वक्षेत्रमा अस्तिदेखि पानी परिरहेकाले तापक्रम घटेको र अन्य क्षेत्रमा गर्मी भए पनि आजदेखि पानी परेर तापक्रम केही घट्ने अनुमान रहेको मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

    यसैबीच पछिल्लो ३ घण्टामा नवलपरासी पश्चिमको देउराली नवल, चितवनको शक्तिखोर र पाल्पाको बलड्याङगढी वर्षामापन केन्द्रहरू र आसपास क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेकाले यो क्षेत्र भई बहने बिनय खोला लगायत अन्य स–साना खोलाहरुमा आकस्मिक बहाब बढ्न सक्ने हुनाले तटीय क्षेत्रमा दिउँसोसम्मै सतर्कता अपनाइराख्न महाशाखाले आग्रह गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, जेठ ३० २०८२०९:१६:५२

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend