आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेदरल्याण्ड्ससँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

नेदरल्याण्ड्ससँगको खेलमा नेपालले पहिले ब्याटिङ गर्ने

  • मिडिया डबली डेक्स
  • मंगलवार, जेठ २८ २०८२

  • 1.0K
    SHARES

  • नेदरल्याण्ड्ससँगको खेलमा नेपालले  पहिले ब्याटिङ गर्ने

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत नेदरल्याण्ड्ससँगको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ।

    आजको खेलमा सोमपाल कामी र गुल्शन झाले चोटका कारण बाँकी खेल गुमाउने भएपछि उनीहरूको स्थानमा नन्जन यादव र बसिर अहमद टिममा अटाएका छन्। 

    त्यस्तै ओपनिङ ब्याटर आसिफ शेखको स्थानमा अनिल शाह आएका छन्। ​नन्दनका लागि भने आज डेब्यू गर्नेछन्।

    पहिलो खेलमा नेदरल्यान्ड्सलाई ५ विकेटले पराजित गरेको नेपाली टोली लगातार दोस्रो जित निकाल्ने योजनामा छ। 

    सिरिजको तिन मध्य दुई खेलमा जित र एक खेलमा हार भोगेको नेपाली टोली आज नेदरल्यान्डलाई हराउँदै सिरिजमा सुखद अन्त्य गर्न चाहन्छ। 

    नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो। दोस्रो खेलमा नेदरल्यान्डमाथि ५ विकेटको जित निकालेको थियो। तेस्रो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको नेपाल सिरिजमा तेस्रो जितको खोजीमा छ। 

    सिरिजमा खेलेको दुई खेलमा लगातार हार भोगेको नेदरल्यान्डस पहिलो जितको खोजीमा हुनेछ।  पहिलो खेलमा नेपालसँग पराजित भएको नेदरल्यान्ड्स दोस्रो खेलमा स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो। 

    लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ। लिगको १५ खेलमध्य चार खेलमा जित, ९ खेलमा हार र २ खेलमा अंक बाँडेको नेपाल १० अंकमा तालिकाको सातौँ स्थानमा छ।  लिगमा २२ खेल खेलेको नेदरल्यान्ड्सले १२ खेलमा जित, ८ खेलमा हार र २ खेलमा अंक बाँड्दै २६ अंकमा तालिकाको दोस्रो स्थानमा छ। 

    लिग–२ पछि नेपाली टोलीले स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग त्रिकोणात्मक टी–२० आइ सिरिज खेल्नेछ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २८ २०८२०३:२८:०४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend